कार्डिफ सिटीलाई हराउँदै एस्टन भिल्ला एफए कपको क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।
भिल्ला पार्कमा भएको खेलमा कार्डिफ सिटीमाथि २-० को जित निकाल्दै एस्टन भिल्ला एफए कपको क्वार्टरफाइनलमा प्रवेश गरेको हो ।
पहिलो हाफ भने दुवै टिमले गोलरहित बराबरी खेलेका थिए । तर, खेलको ६८औँ मिनेटमा एस्टन भिल्लाका लागि मार्को असेन्सियोले गोल गर्दै टिमलाई सुरुवाती अग्रता दिलाए ।
त्यसपछि खेलको ८०औँ मिनेटमा एसेन्सियोले नै व्यक्तिगत दोस्रो गोल गरेपछि एस्टन भिल्ला कार्डिफ सिटीमाथि २-० को जित निकाल्न सफल भयो ।
जितसँगै एस्टन भिल्ला १० वर्षपछि पहिलोपटक एफए कपको क्वार्टरफाइनलमा प्रवेश गर्न सफल भयो ।








