च्याम्पियन्स लिगमा रियल मड्रिडले एट्लेटिको मड्रिडलाई पराजित गरेको छ ।
सान्टियागो बेर्नाबेउमा भएको च्याम्पियन्स लिगको अन्तिम १६ को पहिलो लेगमा रियल मड्रिडले एट्लेटिको मड्रिडलाई २-१ गोलअन्तरले पराजित गरेको हो ।
खेलको चौथो मिनेटमै रोड्रिगोले गोल गर्दै रियल मड्रिडलाई सुरुवाती अग्रता दिलाएका थिए । तर, खेलको ३२औँ मिनेटमा एट्लेटिको मड्रिडका लागि जुलियन अल्भारेजले गोल गर्दै खेल १-१ गोलको बराबरीमा ल्याएका थिए ।
त्यसपछि खेलको ५५औँ मिनेटमा ब्राहिम डियाजले गोल गर्दै रियल मड्रिडलाई २-१ गोलअन्तरको जित दिलाएका हुन् । योसँगै रियल मड्रिडले पहिलो लेगमा २-१ गोलअन्तरको अग्रता लिन सफल भयो ।
दोस्रो लेगको खेल एट्लेटिको मड्रिडको घरेलु मैदानमा १३ मार्चमा हुनेछ ।