काठमाडौं ।
नेपाल छैटौँ एसियाली महिला कबड्डी च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ।
इरानको तेहरानमा जारी प्रतियोगितामा इराकलाई ६२ अंकको अन्तरले हराउँदै नेपालले सेमिफाइनलमा स्थान पक्का गरेको हो।
नेपाल , इरान र इराक रहेको समूह बीबाट शीर्ष २ स्थानमा रहँदै नेपाल र इरानले सेमिफाइनलमा स्थान बनाएका छन्। इराक दुवै खेलमा पराजय बेहोर्दै प्रतियोगिताबाट बाहिरिएको छ।
समूह बीमा रहेको नेपालले इराकविरुद्ध ६८ अंक बनाउँदा विपक्षी इराक कमजोर देखीयो। उसले मात्र ६ अंक बनाउन सक्यो। कप्तान मानमती विष्टले १४ अंक डिफेन्समा तथा जयन्ति बड्डुले ७ अंक ल्याइन्।
समूह बि को अर्को खेलमा इरानले इराकलाई ४५ अंकको अन्तरमा पाखा लगाएको छ। ऋब शुक्रबार हुने समूह चरणको अन्तिम खेलले समूह विजेताको टुङ्गो लगाउने छ। अन्तिम खेलमा इरान र नेपाल नै भिड्छने छन्।
समूह चरणको खेलमा इरानलाई हराउन सके, सेमिफाइनलमा नेपालको भेट बंगलादेश र थाइल्याण्डसँग हुनेछ। समूह चरणको खेल बराबरीमा सकिएपनि नेपाल समूह विजेता बन्नेछ।
नेपालले ६८ अंक स्कोर गर्दा विपक्षीबाट मात्र ६ अंक आएको छ भने इरानले ५८ अंक बनाउदा विपक्षीले १३ अंक बनाएको छ।
समूह बीमा नेपाल इरानसँग पराजित भएको खण्डमा सेमिफाइनलमा नेपालको प्रतिस्पर्धा भारतसँग हुनेछ। भारत बलियो प्रतिद्वन्द्वी हो। अहिलेसम्म भएका ५ संस्करणमा भारतले ४ संस्करणको उपाधि जितीसकेको छ।
कम्तिमा उपविजेता बन्न नेपालले समूह चरणमा इरानलाई हराउँनै पर्नेछ। सेमिफाइनल पुग्ने वित्तिकै नेपाल तेस्रो हुने निश्चित छ।








