गृहपृष्ठ Featured कपिलवस्तु सैनामैना गोल्डकपको फाईनलमा प्रवेश

कपिलवस्तु सैनामैना गोल्डकपको फाईनलमा प्रवेश

प्रकाशित मिति:

वैखरी अनलाईन, बाणगंगा ।

कपिलवस्तु- ११ सुनगाभा सैनामैना गोल्डकपको फाईनलमा प्रवेश गरेको छ ।

सोमबार भएको दोस्रो सेमिफाईनल खेलमा महाविर एफसी काठमाडौंलाई टाईब्रेकरमा ५-४ ले पराजित गर्दै कपिलवस्तु फाईनलमा प्रवेश गरेको हो ।

निर्धारित समयमा दुवै टिमबाट कुनै गोल हुन नसकेपछि खेल टाईब्रेकरमा धकेलिएको थियो ।

यस खेलमा कपिलवस्तुका मिन प्रसाद मिधुन ‘म्यान अफ द म्याच’ घोषित भए । उनले नगद पाँच हजारसहित ट्रफी प्राप्त गरे ।

अब कपिलवस्तु उपाधिका लागि बुधबार अभिषेक चर्च नवलपुरसंग भिड्ने छ ।

सम्बन्धित् समाचार