गृहपृष्ठ कपिलवस्तु बिशेष फिल्म ‘अञ्जिला’ हेर्न बाणगंगाका दुई युवाद्धारा नि:शुल्क टिकटको व्यवस्था !

फिल्म ‘अञ्जिला’ हेर्न बाणगंगाका दुई युवाद्धारा नि:शुल्क टिकटको व्यवस्था !

प्रकाशित मिति:

सागर वि.क., वैखरी अनलाईन ।

होली पर्वको अवसर पारेर विहिबारदेखि नेपाली चलचित्र ‘अञ्जिला’ रिलिजमा भएको छ ।

‘अञ्जिला’लाई निर्देशक मिलन चाम्सले निर्देशन गरेका छन् । चलचित्र ‘अञ्जिला’ नेपाली फुटबल खेलाडी एञ्जिला तुम्बापो सुब्बाको जीवनसंघर्ष र सफलताको कथा हो ।

सोही चलचित्र बाणगंगाका दुई खेलप्रेमी युवा समाजसेवी सुसिलसिंह ठकुरी र शंकर कार्कीले संयुक्त रुपमा १३३ जना बालबालिका (मुख्यतःकिशोरी) लाई निःशुल्क रुपमा देखाउँदै छन् । यी दुई युवाले कपिलवस्तुको चारनम्बर जीतपुरमा रहेको ओएसिस सिनेमामा सो चलचित्र निशुल्क रुपमा देखाउन लागेका हुन् ।

१८ बर्ष मुनिका किशोरीहरुलाई फुटवल खेलप्रति प्रोत्साहन गर्ने उद्देश्यसहित शनिबार विहान ९ बजे उक्त चलचित्र निशुल्क रुपमा देखाउन लागेको सुसिलसिंह ठकुरीले बताए ।

सिट समयमै सुरक्षित गर्नको लागि ९८५७०५२००१ मा सम्पर्क गरी नाम र ठेगाना टिपाउनुपर्ने उनले बताए । उनले कपिलवस्तु, रुपन्देही, अर्घाखाँची जहाँसुकैका १८ बर्षमुनिका बालबालिकाहरुले फिल्म हेर्नको लागि सम्पर्क गर्न सक्ने स्पष्ट पारे ।

उनले फिल्म हेरिसकेपछि बालबालिकालाई फुटवलप्रति थप लगाव, रुचि र प्रेरणा मिल्ने बताए । भविष्यमा यीनै बालबालिकाहरु नेपाली राष्ट्रिय महिला फुटवल टोलीबाट खेल्ने सपनासहित फुटवलमा कडा परिश्रमसहित लाग्ने उनको विश्वास छ ।

ती १३३ जनामध्ये लक्की ड्रमार्फत १० जनालाई छनोट गरि एक÷एक ओटा फुटवल उपहार दिईने शंकर कार्कीले बताए । उनले भखरै मात्र दोस्रो मुख्यमन्त्री तिलौराकोट गोल्डकप सम्पन्न गरिएको र सैनामैना गोल्डकपको उपाधि कपिलवस्तुले जितेको बताउँदै यस क्षेत्रका किशोरीहरुको फुटवलमा सहभागिता वृद्धि गर्न यसले मद्दत गर्ने बताए ।

हलका संचालक रामु तामाङले दुई खेलप्रेमी युवाहरुको यो सोच निकै पृथक रहेको बताउँदै यसले चलचित्र क्षेत्रसंगै समाजमा नै सकारात्मक सन्देश प्रवाह गर्ने बताए । उनले विहिबार मात्र रिलिज भएको नेपाली चलचित्र ‘अञ्जिला’ ले राम्रो दर्शकबाट राम्रो प्रतिक्रिया पाएको बताए ।

यो चलचित्रमा मुख्य भूमिकामा एञ्जिलासँगै दयाहाङ राई, सुनील थापा, दयाहाङ राई, विजय बराल, सिर्जना सुब्बा, माओत्से गुरुङ, बुद्धि तामाङलगायत कलाकारहरूको अभिनय रहेको छ ।

सम्बन्धित् समाचार