गृहपृष्ठ Featured बार्सिलोना अंकतालिकाको शीर्ष स्थानमा

बार्सिलोना अंकतालिकाको शीर्ष स्थानमा

प्रकाशित मिति:

स्पेनिस ला लिगामा बार्सिलोना अंक तालिकाको शीर्ष स्थानमा पुगेको छ । गए राति भएको खेलमा एट्लेटिको मड्रिडलाई ४-२ ले पराजित गरेसँगै ३ अंक बटुलेको बार्सिलोना शीर्ष स्थानमा पुगेको हो ।

बार्सिलोनाले २७ खेलबाट ६० अंक बटुलेको छ । उता एक खेल बढी खेलेको रियल मड्रिडको समान अंक भए पनि गोल अन्तरका आधारमा दोस्रो स्थानमा छ । त्यस्तै एट्लेटिको मड्रिड ५६ अंकसहित तेस्रो स्थानमा रहँदा एथ्लेटिक क्लब ५२ अंकसहित चौथो र भिल्लारियल ४४ अंकसहित पाँचौँ स्थानमा छन् ।

गए राति भएको खेलको ४५औँ मिनेटमा एट्लेटिकोका जुलियन अल्बारेजले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । खेलको ७०औँ मिनेटमा एट्लेटिकोको लागि गोल गर्दै एलेक्जेन्डर सोरलोथले टिमको अग्रता दोब्बर पारे ।

तर, त्यसपछि भने बार्सिलोना खेलमा फर्कियो । जसमा ७२औँ मिनेटमा रोबर्ट लेवान्डोस्कीले बार्सिलोनाका लागि पहिलो गोल गरे भने फेरेन टोरेसले ७८औँ मिनेटमा खेललाई बराबरीमा पुर्‍याए । इन्जुरी समयमा लामिन यामाल र टोरेसले गोल गरेसँगै बार्सिलोनाले ४-२ को जित निकालेको हो ।

स्पेनिस ला लिगामा भएका अन्य खेलमा एटलेटिक क्लबले सेभिल्लालाई १–० ले  पराजित गर्दा गेटाफेले ओसासुनालाई २–१ ले हरायो । रियल बेटिसले लेगानेसलाई ३–२ ले हरायो । रायो भल्कानो र रियल सोसिडाडबीचको खेल २–२ गोलको बराबरी सकिँदा जिरोना र भ्यालेन्सियाले पनि १-१ गोलको बराबरी खेले ।

सम्बन्धित् समाचार