गृहपृष्ठ खबर विश्वकप-२०२६ मा छनोट हुने पहिलो राष्ट्र बन्यो जापान

विश्वकप-२०२६ मा छनोट हुने पहिलो राष्ट्र बन्यो जापान

प्रकाशित मिति:

सन् २०२६ को विश्वकप फुटबलमा छनोट हुने जापान पहिलो राष्ट्र बनेको छ।

बिहीबार बहराइनलाई २–० ले हराउँदै जापानले विश्वकपमा स्थान पक्का गरेको हो।

दोस्रो हाफमा क्रिस्टल प्यालेसका दाइची कामाडा र रियल सोसिडाडका टेकफुसा कुबोले गोल गरेपछि जापानले एसिया छनोटमा तीन खेल बाँकी रहँदै आफूलाई विश्वकपमा सुरक्षित गरेको हो।

क्यानडा, मेक्सिको र अमेरिकाले आयोजकका रूपमा अर्को वर्ष हुने विश्वकप खेल्नेछन्। तर छनोट खेल पार गर्ने देश भने जापान नै पहिलो हो।

एसिया छनोटमा छनोटमा १८ टोलीलाई तीन समूहमा विभाजन गरिएको छ।

प्रत्येक समूहका शीर्ष दुई टोली विश्वकपका लागि छनोट हुनेछन्।

प्रत्येक समूहमा तेस्रो र चौथो स्थानमा पुग्ने टोली चौथो चरणमा भिड्नेछन्।

जापान सन् २०२२ को विश्वकपमा अन्तिम १६ मा पुगेको थियो। अन्तिम १६ मा क्रोएसियासँग पेनाल्टीमा पराजित भएको थियो।

दोस्रो स्थानमा रहेको अष्ट्रेलियाले इन्डोनेसियालाई ५–१ ले हराएको छ। अष्ट्रेलिया जापानभन्दा ९ अंकले पछि छ।

युरोपेली छनोट यसै साता सुरु हुँदै छ।

सम्बन्धित् समाचार