बुटवल ।
हावाहुरीका कारण स्थगित भएको २३औं तिलोत्तमा गोल्ड कप नकआउट फुटबल प्रतियोगिताको पहिलो खेल आज बिहान हुँदैछ ।
एन्फा टेक्निकल सेन्टरको मैदानमा शनिबार दिउसो सशस्त्र प्रहरीको एपीएफ क्लब र आयोजक रुपन्देही ११ बीच भएको खेल मध्यान्तरपछि ६ मिनेट खेलेर स्थगित भएको थियो । निक्कै प्रतिस्प्रर्धात्मक खेलमा पहिलो हाफको १७ औ मिनेटमा एपीएफका हरि कार्कीले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए ।