इन्डियन प्रिमियर लिग (आईपीएल) मा चेन्नई सुपर किङ्सले मुम्बई इन्डियन्सलाई पराजित गरेको छ । गए राति भएको खेलमा चेन्नईले ४ विकेटको जित निकालेको हो ।
सुरुवाती ब्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १५५ रन बनाएको थियो । १५६ रनको विजयी लक्ष्य पछ्याउँदै ब्याटिङमा उत्रिएकव चेन्नईले १९.१ ओभरमा ६ विकेट गुमाउँदै १५८ रन बनाएर लक्ष्य पूरा गरेको हो ।
चेन्नईका लागि रचिन रविन्द्रले अविजित ६५ रन जोडे भने ऋतुराज गायकवाले ५३ रनको अर्धशतकीय पारी खेले । त्यस्तै अविन्द्र जडेजाले १७ रन जोडे । बलिङतर्फ मुम्बईका लागि विग्नेस पुथरले ३ विकेट लिँदा दीपक चाहर र विल ज्याक्सले १/१ विकेट लिए ।
मुम्बईका लागि रियान रिकल्टनले १३ रन जोड्दा विल ज्याक्स ११, सूर्यकुमार यादव २९, तिलक वर्मा ३१ र नमन धिर १७ रनमा आउट भए । त्यस्तै मिचेल स्यान्टनरले ११ र दीपक चाहरले २८ रनको योगदान दिए । बलिङतर्फ चेन्नईका लागि नुर अहमदले १८ रन खर्चिंदै ४ विकेट लिए । त्यस्तै खलिल अहमदले ३ विकेट लिँदा नाथन इलिस र रविचन्द्रन अस्विनले १/१ विकेट लिए ।
त्यसअघि हिजै भएको अर्को खेलमा सनराइजर्स हैदरावादले राजस्थान रोयल्सलाई पराजित गरेको छ । लिगअन्तर्गत आज राति पौने ८ बजे दिल्ली क्यापिटल्स र लखनउ सुपरजायन्ट्सबीच खेल हुनेछ ।