एएफसी एसियन कप २०२७ को छनोट चरणको तेस्रो चरणमा नेपालले मंगलबार आफ्नो पहिलो खेल खेल्दैछ।
छनोटमा नेपाल समूह ‘एफ’ मा छ। नेपालको समूहमा भियतनाम, लाओस र मलेसिया छन्।
नेपालले पहिलो खेल मंगलबार मलेसियासँग उसैको मैदानमा खेल्न लागेको हो। खेल नेपाली समयअनुसार राति ७:४५ मा मलेसियाको जोहरस्थित सुल्तान इब्राहिम रंगशालामा हुनेछ।
यो खेल नेपालमा हुनु पर्ने भए पनि दशरथ रंगशालालाई एसियाली फुटबल महासंघले मान्यता नदिँदा मलेसियामा हुन लागेको हो।
यो छनोटअघि नेपालले शुक्रबार सिंगापुरसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेलेको थियो। खेलमा नेपालले सिंगापुरविरूद्ध ऐतिहासिक १-० गोलको जित निकाल्यो।
नेपालले सिंगापुरविरूद्ध पहिलो पटक जित निकालेको हो। यो जितसँगै नेपाली टोली उत्साहित छ।