गृहपृष्ठ अन्तरास्ट्रिय खबर दक्षिण कोरियामा जारी डढेलोमा परी १८ जनाको मृत्यु, आगो निभाउन गएको हेलिकप्टर पनि दुर्घटना

दक्षिण कोरियामा जारी डढेलोमा परी १८ जनाको मृत्यु, आगो निभाउन गएको हेलिकप्टर पनि दुर्घटना

दक्षिण-पूर्वी दक्षिण कोरियाको जंगलमा भीषण डढेलो लागिरहेको छ।

दक्षिण कोरियाको गृह तथा सुरक्षा मन्त्रालयका अनुसार आगलागीमा परी हालसम्म १८ जनाको मृत्यु भएको छ भने १९ जना घाइते भएका छन्।

यसैबीच अधिकारीहरूले आगो निभाउन खटिएको हेलिकप्टर पनि दुर्घटनाग्रस्त भएको बताएका छन्। यो किन भयो भन्ने बारेमा अनुसन्धान भइरहेको छ।

देशका कार्यवाहक राष्ट्रपति हान डुक सुले यो चुनौती गम्भीर रहेको बताए। उनले भने, ‘यो हाम्रो देशको इतिहासमा सबैभन्दा खराब वन डढेलो हो।’

आगलागीपछि २३ हजारभन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सारिएको छ। यस आगलागीबाट धेरै ऐतिहासिक स्थल पनि प्रभावित भएका छन्।

सम्बन्धित् समाचार