गृहपृष्ठ खबर चट्याङसहित वर्षाको सम्भावना

चट्याङसहित वर्षाको सम्भावना

हाल देशमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतबार बिहान कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम मूख्यतया सफा छ।

आइतबार दिउँसो मधेसबाहेक ६ वटा प्रदेशमा आंशिक बदली हुने पूर्वानुमान छ। मधेस प्रदेशमा भने मौसम सफा रहने महाशाखाले जनाएको छ।

दिउँसो कोशी र गण्डकी प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा हल्का मेघगर्जन र चट्याङसहित  वर्षाको सम्भाना रहेको महाशाखाले जनाएको छ।

ती दुई प्रदेशका हिमाली क्षेत्रमा हिमापातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

आइतबार राति पनि मधेसबाहेक ६ वटै प्रदेशका पहाडी र हिमाली भूभागमा मौसम आंशिक बदली हुने पूर्वानुमान छ।

राति भने वर्षा र हिमपातको सम्भावना नरहेको महाशाखाले जनाएको छ।

 

सम्बन्धित् समाचार