गृहपृष्ठ Featured रुपन्देहीमा नेपाल वुमन्स लेजेण्ड सिरिज हुने

रुपन्देहीमा नेपाल वुमन्स लेजेण्ड सिरिज हुने

रुपन्देही ।

रुपन्देहीमा नेपाल वुमन्स लेजेण्ड सिरिज-२०८१ हुने भएको छ । सन् २००७ र २००९ ब्याचका राष्ट्रिय महिला टोलीलाई पुर्व महिला क्रिकेट खेलाडीहरुको बिच सो सिरिज गर्न लागिएको हो ।

योलो ड्रिकिङ वाटरको आयोजना तथा रुपन्देही क्रिकेट संघको सहयोगमा चैत २५ र २६ गते दुई दिन पुर्व राष्ट्रिय र अन्तर्राष्ट्रिय महिला खेलाडीहरुको दुई टिम बिचमा वुमन्स लेजेण्ड टि २० सिरिज हुने जनाएको छ ।

आइतबार भैरहवास्थित सिद्धार्थ रंगशालामा पत्रकार सम्मेलन गरेर सो जानकारी गराइएको छ । प्रतियोगिताका संयोजक २००७ को नेपाली महिला टीम सदस्य नितु थापाले नयाँ खेलाडीहरुलाई हौसला प्रदान गर्न तथा पूर्व खेलाडीहरुको मिलनका रुपमा प्रतियोगिता गर्न लागेको बताइन् ।

सो अवसरमा उनले सन् २००७ र २००९ ब्याचलाई समेटेर १७ वर्षको अन्तरालमा एकै थलोमा राष्ट्रिय महिला खेलाडीहरुको जमघट गर्न लागिएको बताउँदै देशका विभिन्न ठाउबाट खेलाडीहरु आइसकेको तथा अन्य प्राविधिक पक्षमा काम पूरा भएको बताइन् । प्रतियोगिता टीट्यान्टी फरमेटमा २ दिन हुने उनले बताइन् ।

सम्बन्धित् समाचार