गृहपृष्ठ Featured रियलविरुद्ध आर्सनलको सानदार जित

रियलविरुद्ध आर्सनलको सानदार जित

प्रकाशित मिति:

डेक्लान राइस चम्केको खेलमा सानदार जित निकाल्दै इङ्लिस क्लब आर्सनलले सेमिफाइनल पुग्ने सम्भावनालाई बलियो बनाएको छ ।

घरेलु मैदानमा भएको खेलको पहिलो लेगमा डिफेन्डिङ च्याम्पियन रियल म्याड्रिडलाई ३-० ले हराउँदै आर्सनलले आफूलाई सेमिफाइनलको बलियो दाबेदार बनाएको हो ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिए पनि खेलको दोस्रो हाफमा भने आर्सनलले सफलता हात पार्न सफल बन्यो ।

आर्सनलले ५८औँ मिनेटमा अग्रता लियो। राइसले उत्कृष्ट फ्रि-किकमार्फत रियलको पर्खाल घुमाउँदै गोल गरे । ७०औँ मिनेटपछि राइसले दोस्रो गोल पनि त्यतिकै सानदार फ्रि-किक मार्फत गरे ।

७५ औँ मिनेटमा मिकेल मेरिनोले क्रसमा आएको बललाई उत्कृष्ट गोल गरेपछि सन २००८/०९ को सिजनपछि आर्सनल सेमिफाइनल पुग्ने अभियानमा रहेको छ ।

सम्बन्धित् समाचार