गृहपृष्ठ Featured लुम्बिनी प्रदेशस्तरीय क्रिकेट : फाईनलमा दाङ र रुपन्देही भिड्ने

लुम्बिनी प्रदेशस्तरीय क्रिकेट : फाईनलमा दाङ र रुपन्देही भिड्ने

प्रकाशित मिति:

दाङ ।

दाङमा जारी लुम्बिनी प्रदेशस्तरीय ट्वान्टी-२० क्रिकेट प्रतियोगिताको उपाधिका लागि दाङ र रुपन्देहीको टीम भिड्ने भएका छन् ।

लुम्बिनी प्रदेश खेलकुद परिषद्को आयोजना तथा दाङ जिल्ला क्रिकेट संघको व्यवस्थापनमा जारी प्रतियोगिताअन्तर्गत बुधबार सेमिफाइनलका खेल सकिएसँगै फाइनल खेल्ने दुई टोलीको टुंगो लागेको हो ।

घोराही-१७ गुलरियास्थित घोराही क्रिकेट रंगशालामा भएको खेलमा कपिलवस्तुलाई ६ विकेटले हराउँदै दाङले फाइनल यात्रा तय गरेको हो । कपिलवस्तुले दिएको ९२ रनको सामान्य लक्ष्य पछ्याएको दाङले उक्त लक्ष्य १७ दशमलव ५ ओभरमा ४ विकेटको क्षतिमा पूरा गर्दै फाइनलमा पुगेको हो ।

सम्बन्धित् समाचार