गुजरात टाइटन्स इन्डियन प्रिमियर लिग (आईपीएल) को शीर्ष स्थानमा पुगेको छ । गए राति भएको खेलमा राजस्थान रोयल्सलाई पराजित गर्दै गुजरात शीर्ष स्थानमा पुगेको छ । राजस्थान भने अंकतालिकाको सातौँ स्थानमा छ ।
गए राति भएको खेलमा सुरुवाती ब्याटिङ गरेको गुजरातले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै २१७ रन बनाएको थियो । जवाफी ब्याटिङमा उत्रिएको राजस्थान १९.२ ओभरमा १५९ रनमा समेटिएपछि गुजरात ५८ रनले विजयी भएको हो ।
गुजरातका लागि साई सुदर्शनले ८२ रन बनाए भने जस बट्लर र सारुख खानले ३६/३६ रन जोडे । बलिङतर्फ राजस्थानका लागि प्रसिद्ध कृष्णले ३ विकेट लिँदा राशिद खान र साई किशोरले २/२ विकेट लिए । मोहम्मद सिराज, अर्सद खान र कुलवन्त खेजरोलियाले १/१ विकेट लिए ।
राजस्थानका सन्जु सामसनले ४१ रन बनाउँदा रियान पराज २६, सिमरन हिटमायर ५२ रनमा आउट भए । बलिङतर्फ राजस्थानका लागि तुसार देशपाण्डे र महिश तीक्ष्णाले २/२ विकेट लिए । जोफ्रा आर्चर र सन्दीप शर्माले १/१ विकेट लिए ।