काठमाडौं ।
पेरिस सेन्ट–जर्मेन पिएसजीले च्याम्पियन्स लिग क्वाटर फाइनलको पहिलो लेगमा एस्टन भिल्लालाई ३–१ ले हराएको छ।
पिएसजीले घरेलु मैदानमा पुनरागमन जित निकालेको हो। लगातार ७ जितको शृङ्खला लिएर पेरिस पुगेको एस्टन भिल्लाको विजयी यात्रामा पूर्ण विराम लागेको छ।
उनाई एमरीको टोलीका लागि मोर्गन रोजर्सले ३५औं मिनेटमा अप्रत्याशित रुपमा गोल गर्दै पाहुना टोलीलाई अग्रता दिलाए।
तर त्यो अग्रता धेरै बेर टिक्न सकेन। ३९ औं मिनेटमा डेजायर डोउले भिल्लाले बराबरी गोल फर्काए । दोस्रो हाफ सुरु भएको ४ मिनेटमा ख्विचा ख्वारात्स्खेलियाले गोल गर्दै खेललाई पूर्ण रुपमा पिएसजीको पक्षमा मोडे।
इन्ज्युरी समयमा नुनो मेंडेसले तेस्रो गोल गरेपछि टोलीको जित थप फराकिलो बन्यो।