इन्डियन प्रिमियर लिग (आईपीएल) मा गए राति भएको खेलमा सनराइजर्स हैदरावादले पन्जाब किङ्सलाई पराजित गरेको छ । हैदरावादले पन्जाबविरुद्ध ८ विकेटको जित निकालेको हो ।
सुरुवाति ब्याटिङ गरेको पन्जाबले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै २४५ रन बनाएको थियो । जवाफी ब्याटिङमा उत्रिएको हैदरावादले १८.३ ओभरमा २ विकेट गुमाउँदै २४७ रन बनाएर लक्ष्य पूरा गरेको हो ।
हैदरावादका लागि अभिषेक शर्माले १४१ रनको विस्फोटक शतकीय पारी खेलेका थिए । कुल ५५ बलको सामना गर्दै उनले १४ चौका र १० छक्का प्रहार गरे । त्यस्तै ट्राभिस हेडले ३७ बलमा ६६ रनको अर्धशतकीय पारी खेले । १४ बलको सामना गर्दै हेनरिक क्लासेन २१ बलमा नटआउट रहँदा ६ बल सामना गरेका इसान किसन ९ रनमा नटआउट रहे । बलिङतर्फ पन्जाबका लागि अर्शदीप सिंहले १ र युजवेन्द्र चहलले १ विकेट लिए ।
सुरुवाती ब्याटिङमा उत्रिएको पन्जाबका लागि श्रेयस ऐय्यरले ८२ रन बनाउँदा प्रियान्सि आर्याले ३६ तथा प्रभसिमरन सिंहले ४२ रन जोडे । त्यस्तै नेहाल बडेराले २७ रन जोड्दा मार्कस स्टोइनस ३४ बलमा नटआउट रहे । बलिङतर्फ हैदरावादका लागि हर्षल पटेलले ४ विकेट लिँदा इसान मलिङ्गाले २ विकेट लिए ।
आईपीएलमा आज राजस्थान रोयल्स र रोयल च्यालेन्जर्स बैंगलुरुको खेल दिउँसो पौने ४ बजे सुरु हुनेछ । त्यस्तै पौने ८ बजे दिल्ली क्यापिटल्स र मुम्बई इन्डियन्स आमनेसामने हुनेछन् ।