गृहपृष्ठ Featured रियल मड्रिडले बार्सिलोनासँगको अंक दुरी घटायो

रियल मड्रिडले बार्सिलोनासँगको अंक दुरी घटायो

प्रकाशित मिति:

स्पेनिस ला लिगामा रियल मड्रिडले बार्सिलोनासँगको अंक दुरी घटाएको छ । गए राति भएको खेलमा एल्भसलाई १-० ले पराजित गर्दै रियल मड्रिडले ३ अंक बटुल्यो ।

यो जितसँगै अंकतालिकाको दोस्रो स्थानमा रहेको रियल मड्रिडको ३१ खेलबाट ६६ अंक छ । समान खेलबाट बार्सिलोनाले ७० अंक बटुल्दै शीर्ष स्थानमा कब्जा गरेको छ ।

त्यस्तै तेस्रो स्थानको एट्लेटिको मड्रिडले ३० खेलबाट ६० अंक बटुल्दा ३१ खेलबाट ५७ अंकका साथ एथ्लेटिक क्लब चौथो स्थानमा छ । ३० खेल खेलेको भिल्लारियल भने ५१ अंकका साथ पाँचौँ स्थानमा छ ।

गए राति भएको अर्को खेलमा एथ्लेटिक क्लबले रायो भालेकानोलाई ३-१ ले पराजित गर्दा भिल्लारियलसँग रियल बेटिस २-१ ले स्तब्ध बन्यो ।

सम्बन्धित् समाचार