गृहपृष्ठ Featured लगातार पाँच पराजयपछि चेन्नईको पहिलो जित

लगातार पाँच पराजयपछि चेन्नईको पहिलो जित

इन्डियन प्रिमियर लिग (आईपीएल) को जारी सिजनमा लगातार पाँच हार व्यहोरेपछि चेन्नई सुपर किङ्सले पहिलो जित निकालेको छ । गए राति भएको खेलमा चेन्नईले लखनउ सुपर जायन्ट्सविरुद्ध ५ विकेटको जित निकालेको हो ।

सुरुवाति ब्याटिङ गरेको लखनउले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १६६ रन बनाएको थियो । जबाफी ब्याटिङमा उत्रिएको चेन्नईले १९.३ ओभरमा ५ विकेट गुमाउँदै लक्ष्य पूरा गरेको हो ।

चेन्नईले जारी सिजनमा खेलेको यो सातौँ खेल हो । यसअघि खेलेका ६ खेलमध्ये पहिलो खेलमा मुम्बई इन्डियन्सलाई हराएपछि चेन्नई लगातार पराजित हुँदै आएको थियो । चेन्नईले रोयल च्यालेन्जर्स बैंगलुरु, राजस्थान रोयल्स, दिल्ली क्यापिटल्स, पन्जाब किङ्स र कोलकाता नाइट राइडर्ससँग पराजय व्यहोरेको छ ।

जारी सिजनमा ७ खेल खेलेको लखनउको भने यो तेस्रो पराजय हो । यसअघि पन्जाब किङ्स र दिल्ली क्यापिटल्ससँग लखनउ पराजित भएको थियो ।

आईपीएलमा आज राति पौने ८ बजे सुरु हुने खेलमा पन्जाब किङ्सविरुद्ध कोलकाता नाइट राइडर्स मैदानमा उत्रँदै छ ।

सम्बन्धित् समाचार