इन्डियन प्रिमियर लिग (आईपीएल) को जारी सिजनमा लगातार पाँच हार व्यहोरेपछि चेन्नई सुपर किङ्सले पहिलो जित निकालेको छ । गए राति भएको खेलमा चेन्नईले लखनउ सुपर जायन्ट्सविरुद्ध ५ विकेटको जित निकालेको हो ।
सुरुवाति ब्याटिङ गरेको लखनउले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १६६ रन बनाएको थियो । जबाफी ब्याटिङमा उत्रिएको चेन्नईले १९.३ ओभरमा ५ विकेट गुमाउँदै लक्ष्य पूरा गरेको हो ।
चेन्नईले जारी सिजनमा खेलेको यो सातौँ खेल हो । यसअघि खेलेका ६ खेलमध्ये पहिलो खेलमा मुम्बई इन्डियन्सलाई हराएपछि चेन्नई लगातार पराजित हुँदै आएको थियो । चेन्नईले रोयल च्यालेन्जर्स बैंगलुरु, राजस्थान रोयल्स, दिल्ली क्यापिटल्स, पन्जाब किङ्स र कोलकाता नाइट राइडर्ससँग पराजय व्यहोरेको छ ।
जारी सिजनमा ७ खेल खेलेको लखनउको भने यो तेस्रो पराजय हो । यसअघि पन्जाब किङ्स र दिल्ली क्यापिटल्ससँग लखनउ पराजित भएको थियो ।
आईपीएलमा आज राति पौने ८ बजे सुरु हुने खेलमा पन्जाब किङ्सविरुद्ध कोलकाता नाइट राइडर्स मैदानमा उत्रँदै छ ।