इन्डियन प्रिमियर लिगमा मंगलबार राति भएको खेल लो स्कोरिङ रह्यो । सुरुवाति ब्याटिङ गरेको पन्जाब किङ्स निर्धारित २० ओभरको खेलमा १११ रन बनाउँदै अलआउट भएको थियो ।
११२ रनको विजय लक्ष्य पछ्याएको कोलकाता पनि १५.१ ओभरमा ९५ रन बनाउँदै अलआउट भयो । यससँगै पन्जाब १६ रनले विजयी भयो ।
पन्जाबको जितमा युजबेन्द्र चहलले ४ विकेट लिँदा मार्को यान्सनले ३ विकेट लिए । त्यस्तै जेभियर ब्रटलेट, अर्शदीप सिंह र ग्लेन म्याक्सवेलले पनि १/१ विकेट लिए । कोलकाताका लागि हर्षित रानाले ३ विकेट लिँदा वरुण चक्रवर्ती र सुनिल नरेनले २/२ विकेट लिए । वैभव अरोरा र एनरिक नोर्खेले १/१ विकेट लिए ।
हालसम्म ६ खेल खेलेको पन्जाबको यो चौथो जित हो । उता ७ खेल खेलेको कोलकाताले व्यहोरेको यो चौथो पराजय हो ।
आईपीएलमा आज राति पौने ८ बजे दिल्ली क्यापिटल्स र राजस्थान रोयल्स आमनेसामने हुँदै छन् ।