गृहपृष्ठ Featured च्याम्पियन्स लिग : एस्टन भिल्लालाई रोक्दै सेमीफाइनलमा पीएसजी

च्याम्पियन्स लिग : एस्टन भिल्लालाई रोक्दै सेमीफाइनलमा पीएसजी

प्रकाशित मिति:

इङ्लिस क्लब एस्टन भिल्लालाई पराजित गर्दै फ्रान्सेली पेरिस सेन्ट जर्मेन (पीएसजी) यूईएफए च्याम्पियन्स लिगको सेमीफाइनलमा प्रवेश गरेको छ ।

सेमीफाइनलमा पुग्न पीएसजीले समग्रमा ४-५ गोलअन्तरको जित निकाल्यो ।

गए राति क्वाटरफाइनलको दोस्रो लिगमा एस्टन भिल्लाले पीएसजीविरुद्ध ३-२ को जित निकाले पनि पीएसजीलाई रोक्न सकेन । यसअघि पहिलो लेगमा पीएसजी ३-१ ले विजयी भएको थियो । यससँगै समग्रमा ४-५ को जित निकाल्दै पीएसजी सेमीफाइनलमा पुगेको हो ।

गए राति भएको खेलमा ११औँ र २७औँ मिनेटमा गोल गर्दै पीएसजीले २-० को अग्रता लिएको थियो । तर एस्टन भिल्लाले ३४औँ, ५५औँ र ५७औँ मिनेटमा गोल गर्दै ३-२ को जित निकालेको हो ।

सम्बन्धित् समाचार