गृहपृष्ठ Featured च्याम्पियन्स लिग : इन्टरमिलान सेमीफाइनलमा

च्याम्पियन्स लिग : इन्टरमिलान सेमीफाइनलमा

प्रकाशित मिति:

जर्मन क्लब बायर्न म्युनिखलाई पराजित गर्दै इटालियन इन्टरमिलान यूईएफए च्याम्पियन्स लिगको सेमीफाइनलमा प्रवेश गरेको छ । क्वाटर फाइनलमा बायर्न म्युनिख इन्टरमिलानसँग समग्रमा ४-३ ले पराजित भयो ।

गए राति भएको खेलमा दुवै टिमले २-२ गोल गरेका थिए । इन्टरमिलानका लागि लाउटारो मार्टिनेजले ५८औँ र बेन्जामिन पाभर्डले ६१औँ मिनेटमा गोल गरे । उता बायर्न म्युनिखका लागि ह्यारी केनले ५२औँ र एरिक डेइरले ७६औँ मिनेटमा गोल गरे ।

क्वाटरफाइनलको दोस्रो लेग २-२ गोलको बराबरीमा सकिए पनि इन्टरमिलानले समग्रमा ४-३ को जित निकाल्दै सेमीफाइनलमा स्थान पक्का गरेको हो । यससँगै जारी सिजनमा बायर्न म्युनिखको च्याम्पियन्स लिगको यात्रा टुंगिएको छ ।

उता इन्टरमिलानले भने सेमीफाइलनमा बार्सिलोनासँगको भेट पक्का गरेको छ ।

सम्बन्धित् समाचार