गृहपृष्ठ Featured आइपिएल : बेंग्लुरूमाथि पञ्जाबको सहज जित

आइपिएल : बेंग्लुरूमाथि पञ्जाबको सहज जित

रोयल च्यालेन्जर्स बेंग्लुरूमाथि पञ्जाब किंग्सले सहज जित निकालेको छ। इण्डियन प्रिमियर लिग (आइपिएल)अन्तर्गत गएराति भएको खेलमा पञ्जाबले बेंग्लुरूविरूद्ध ५ विकेटको जित निकालेको हो।

बेंग्लुरूको एम. चिन्नास्वामी स्टेडियममा वर्षाका कारण समयमै खेल सुरू हुन नसक्दा खेल १४ ओभरमा झारिएको थियो। बेंग्लुरूले दिएको ९६ रनको लक्ष्य पञ्जाबले ५ विकेट गुमाएर १२.१ ओभरमा पूरा गर्‍यो।

पञ्जाबका लागि नेहाल वाधेराले नट आउट ३३ रन बनाए। उनले १९ बलमा ३ चौका र ३ छक्का हाने।

प्रियान्स आर्याले १६, प्रबशिमरन सिंहले १३  र जोश इंग्लिसले १४ रन बनाउँदा अन्य ब्याटर चल्न सकेनन्।

बलिङतर्फ बेंग्लुरूका जोश हेजलउडले तीन र भूवेनश्वर कुमारले २ विकेट लिए।

पहिले ब्याटिङ गरेको बेंग्लुरूले  ९ विकेट गुमाएर ९५ रन जोडेको थियो।

बेंग्लुरूका लागि टिम डेविडले अर्धशतक बनाए। उनले २६ बलमा ५ चौका र तीन छक्का प्रहार गरी ५० रन जोडेका थिए। कप्तान रजत पाटीदारले २३ रन बनाउनुबाहेक बाँकी ब्याटर चल्न सकेनन्।  गएरातिको खेलमा विराट कोहली १ रनमै आउट भएका थिए।

बलिङतर्फ पञ्जाबका अर्शदीप सिंह, मार्को जनसेन, युजवेन्द्र चाहल र हरप्रीत सिंहले २/२ विकेट लिए भने जेभियर बार्टलेटले एक विकेट लिए।

जितपछि पञ्जाब किंग्स ७ खेलबाट १० अंक जोड्दै तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। बेंग्लुरू ८ अंकसहित चौथो स्थानमा छ।

सम्बन्धित् समाचार