गृहपृष्ठ अन्तरास्ट्रिय खबर दिल्लीमा चारतले भवन भत्किँदा एकै परिवारका ८ सदस्यसहित ११ जनाको मृत्यु

दिल्लीमा चारतले भवन भत्किँदा एकै परिवारका ८ सदस्यसहित ११ जनाको मृत्यु

दिल्लीको मुस्तफावाद क्षेत्रमा चारतले भवन भत्किँदा एकै परिवारका ८ सदस्यसहित ११ जनाको मृत्यु भएको छ।

भारतीय सञ्चारमाध्यमका अनुसार शनिबार बिहान २:३० बजे चारतले भवन भत्किँदा ११ जना घाइते पनि भएका छन्।

भवनको भग्नावशेषमा २२ जना फसेका थिए। एनडीआरएफ र दिल्ली प्रहरी टोलीले १२ घण्टाभन्दा बढी समय लगाएर उद्धार गरेको थियो।

भारी वर्षा र आँधीबेहरीका कारण भवन भत्किएको बताइएको छ।

यसैबीच मुस्तफावादका विधायक मोहन सिंह विष्टले यस क्षेत्रमा धेरै अवैध र जीर्ण भवनहरू रहेको बताए।

सम्बन्धित् समाचार