काठमाडौं ।
राफिन्नाले इन्जुरी टाइममा पेनाल्टीमा गोल गरेपछि लिग लिडर बार्सिलोनाले स्पानिस ला लिगामा सेल्टा भिगोमाथि सानदार पुनरागमन जित हात पारेको छ ।
राफिन्हाको दुई गोल मद्दतमा बार्सिलोनाले सेल्टालाई ४-३ ले पराजित गरेको हो । यो जितपछि बार्सिलोनाले दोस्रो स्थानको रियल मड्रिडमाथि ७ अंकको अग्रता बनाएको छ ।
३-१ ले पछि परेको अवस्थामा बार्सिलोनाले गज्जबको पुनरागमन गरेको हो । बोया इग्लेसिसले ह्याट्रिक गरेपनि सेल्टालाई जित दिलाउन पर्याप्त भएन ।
खेलमा अग्रता भने बार्सिलोनाले नै लिएको थियो । फेरान टोरेसले १२औं मिनेटमा गोल गर्दै बार्सिलोनालाई सुरुवाती अग्रता दिलाएका थिए । तर, इग्लेसिसले त्यसको तीन मिनेटपछि नै सेल्टाका लागि बराबरी गोल फर्काए । उनले दोस्रो हाफमा दुई गोल थप्दै ह्याट्रिक पूरा गरेका थिए ।