गृहपृष्ठ Featured ३४ भारतीय क्रिकेटर केन्द्रीय सम्झौतामा : कसको तलब कति ?

३४ भारतीय क्रिकेटर केन्द्रीय सम्झौतामा : कसको तलब कति ?

द बोर्ड अफ कन्ट्रोल फर क्रिकेट इन इन्डिया (बिसिसिआई) ले आफ्नो केन्द्रीय सम्झौतामा रहने ३४ क्रिकेटरको नाम सार्वजनिक गरेको छ।

२०२४-२५ को सिजनका लागि बिसिसिआईले सोमबार नयाँ सूची सार्वजनिक गरेको हो। यो सम्झौता अक्टोबर २०२४ देखि सेप्टेम्बर २०२५ सम्म लागू हुन्छ।

नयाँ सूचीमा श्रेयस अय्यर र इशान किशन समावेश भएका छन्। उनीहरू अघिल्लो पटक बाहिरिएका थिए।

यो वर्ष सम्झौताको सबैभन्दा उच्च (श्रेणी ए+) मा चार खेलाडी छन्। रोहित शर्मा, विराट कोहली, जसप्रीत बुमराह र रविन्द्र जडेजा शीर्ष श्रेणीमा यथावत छन्।

गत वर्ष संन्यास लिएका रविचन्द्रन अश्विन सूचीबाट हटाइएका छन्।

रोहित, कोहली र जडेजाले टी-२० विश्वकप जितेपछि टी-२० आइ बाट संन्यास लिए पनि उनीहरू सूचीमा कायम छन्।

ऋषभ पन्त बी श्रेणीबाट ए श्रेणीमा बढुवा भएका छन्। ए श्रेणीमा ऋषभसहित मोहम्मद सिराज, केएल राहुल, शुभमन गिल, हार्दिक पाण्ड्या र मोहम्मद शामी छन्।

श्रेयस अय्यर बी श्रेणीमा छन्। जुन सूचीमा कुलदीप यादव, अक्षर पटेल, यशस्वी जैसवाल र टी-२० कप्तान सूर्यकुमार यादव छन्।

इशान किशन भने श्रेणी सीमा समावेश भएका छन्। यो सम्झौताको सूचीमा नयाँ समावेश भएका खेलाडीहरू सबै सी श्रेणीमा छन्।

नयाँ थपिएका नाममा नितीश कुमार रेड्डी, ध्रुव जुरेल, अभिषेक शर्मा, सर्फराज खान, आकाश दीप, वरुण चक्रवर्ती र हर्षित राना छन्।

गत वर्ष श्रेणी सीमा रहेका शार्दुल ठाकुर, केएस भरत, आवेश खान र जितेश शर्मा भने यस पटक सम्झौताको सूचीबाट हटाइएका छन्।

श्रेणी ए + (७ करोड भारू वार्षिक तलब)
•    रोहित शर्मा
•    विराट कोहली
•    जसप्रीत बुमराह
•    रविन्द्र जडेजा

श्रेणी ए (५ करोड भारू वार्षिक तलब)
•    मोहम्मद सिराज
•    केएल राहुल
•    शुभमन गिल
•    हार्दिक पाण्ड्या
•    मोहम्मद शामी
•    ऋषभ पन्त

श्रेणी बी (३ करोड भारू वार्षिक तलब)
•    सूर्यकुमार यादव
•    कुलदीप यादव
•    अक्षर पटेल
•    यशस्वी जैसवाल
•    श्रेयस अय्यर

श्रेणी सी (१ करोड भारू वार्षिक तलब)
•    रिंकू सिंह
•    तिलक वर्मा
•    रुतुराज गायकवाड
•    शिवम दुबे
•    रवि बिश्नोई
•    वाशिंगटन सुन्दर
•    मुकेश कुमार
•    सञ्जु सामसन
•    अर्शदीप सिंह
•    प्रसिद्ध कृष्णा
•    रजत पाटिदार
•    ध्रुव जुरेल
•    सर्फराज खान
•    नितिश कुमार रेड्डी
•    इशान किशन
•    अभिषेक शर्मा
•    आकाश दीप
•    वरुण चक्रवर्ती
•    हर्षित राना

सम्बन्धित् समाचार