इन्डियन प्रिमियर लिग (आईपीएल) मा मुम्बई इन्डियन्सले सनराइजर्स हैदरावादलाई पराजित गरेको छ । गए राति भएको खेलमा मुम्बई इन्डियन्स ७ विकेटले विजयी भएको हो ।
पहिले ब्याटिङ गरेको सनराइजर्सले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १४३ रन बनाएको थियो । जवाफी ब्याटिङमा उत्रिएको मुम्बईले १५.४ ओभरमा ३ विकेट गुमाउँदै लक्ष्य पूरा गरेको हो ।
जारी सिजनमा ९ खेल खेलेको मुम्बईको यो पाँचौँ जित हो । समान खेलबाट हैदरावादले भने २ जित मात्र निकाल्न सकेको छ । आईपीएलमा आज राति पौने ८ बजे रोयल च्यालेन्जर्स बैंगलुरु र राजस्थान रोयल्सबीच खेल हुनेछ ।








