गृहपृष्ठ Featured क्रिस्टल प्यालेससँग बराबरीमा रोकियो आर्सनल

क्रिस्टल प्यालेससँग बराबरीमा रोकियो आर्सनल

इङ्लिस प्रिमियर लिगमा क्रिस्टल प्यालेसले आर्सनललाई बराबरीमा रोकेको छ । गए राति भएको खेल २-२ गोलको बराबरीमा सकिएको हो ।

आर्सनलका लागि दोस्रो मिनेटमा जाकब किविर र ४२औँ मिनेटमा लिएन्ड्रो ट्रोजार्डले गोल गरेका थिए । क्रिस्टल प्यालेसका लागि २७औँ मिनेटमा एबरेची एज र ८३औँ मिनेटमा जेन फिलिफ माटेटाले गोल गरे ।

अंकतालकामा भने आर्सनल दोस्रो स्थानमा छ । अब पहिलो स्थानको लिभरपुलसँग उ १२ अंकले पछि परेको छ । आर्सनल बराबरीमा रोकिँदा लिभरपुलको उपाधि होड भने अझ बलियो बनेको छ ।

सम्बन्धित् समाचार