इन्डियन प्रिमियर लिग (आईपीएल) मा पन्जाब किङ्सले चेन्नई सुपर किङ्सलाई पराजित गरेको छ । गए राति भएको खेलमा चेन्नई ४ विकेटले पराजित भएको हो ।
सुरुवाती ब्याटिङ गरेको चेन्नईले अलआउट हुँदै १९० रन बनाएको थियो । १९१ रनको विजय लक्ष्य पछ्याउँदै ब्याटिङमा उत्रिएको पन्जाबले २ बल बाँकी छँदै १९४ रन बनाएर लक्ष्य पूरा गरेको हो ।
चेन्नईका लागि साम करणले ८८ रनको अर्धशतकीय पारी खेलेका थिए । त्यस्तै देवाल्ड ब्रेभिसले ३२, सइक राशिद ११, रवीन्द्र जडेजा १७ र महेन्द्रसिंह धोनीले ११ रन जोडे ।
बलिङतर्फ पन्जाबका लागि युजबेन्द्र चहलले ४ विकेट लिए भने अर्शदीप सिंह र मार्को यान्सनले २/२ विकेट लिए । त्यस्तै अजमतुल्लाह उमरजाइ र हरप्रित ब्रारले १/१ विकेट लिए ।
पन्जाबका लागि श्रेयस ऐय्यर र प्रभसिमरन सिंहले ७२ र ५४ रनको अर्धशतकीय पारी खेले प्रियान्स आर्या र सशांक सिंहले २३/२३ रनको योगदान दिए ।
बलिङतर्फ चेन्नईका लागि खलिल अहमद र मथिसा पाथीरानाले २/२ विकेट लिए । रविन्द्र जडेजा र नुर अहमदले १/१ विकेट लिए ।








