काठमाण्डौ – बार्सिलोना स्पेनिस ला लिगाको उपाधितर्फ एक कदम अगाडि बढेको छ । गएराति भएको ऐतिहासिक ‘एल क्लासिको’ मा ४–३ को जीत निकाल्दै बार्सिलोनाले दोस्रो स्थानमा रहेको रियल मड्रिडसँगको अङ्क दूरी सातमा पुर्याएको हो ।
बार्सिलोनाको जीतमा लामिन यामालर र एरिक गार्सियाले समान एक र राफिन्हाले दुई गोल गरे भने रियल मड्रिडका लागि किलियन एमबाप्पेले ह्याट्रिक पूरा गरे ।
शीर्ष स्थानको बार्सिलोनाले ३५ खेलबाट ८२ अङ्क छ । रियलको भने समान खेलबाट ७५ अङ्क छ । अब लिगका तीन खेल मात्र बाँकी छन् । तीमध्ये एक खेलमा जीत या सबैमा बराबरी नतिजा निकाले पनि बार्सिलोना च्याम्पियन बन्नेछ ।
यस सिजन चारवटै क्लासिकोमा बार्सिलोनाले जीत निकाल्न सफल भएको हो । जसमध्ये पछिल्लो जीत कोपा डेल रे फाइनलमा निस्किएको थियो ।
ह्यान्सी फ्लिकको पहिलो सिजनमै क्लासिकोमा चारमा चार अपराजित कीर्तिमान राख्न सक्नु आफ्नै ठूलो उपलब्धि हो ।