काठमाडौँ ।
नेपाली राष्ट्रिय क्रिकेट टोलीका स्पिनर सन्दीप लामिछानेले नेपाल क्रिकेट संघ (क्यान) को केन्द्रीय सम्झौता नरहने घोषणा गरेका छन्। उनले सामाजिक सञ्जालमार्फत यस पटक क्यानको केन्द्रीय सम्झौता नरहने बताएका हुन्।
यो निर्णय क्रिकेट वा राष्ट्रबाट टाढा हुन नभई व्यक्तिगत र व्यावसायिक विकासका लागि भएको पनि सन्दीपले लेखेका छन्। उनले नेपालबाट क्रिकेट खेलिरहने प्रतिबद्धता पनि व्यक्त गरेका छन्।
उनले निरन्तर साथका लागि क्यानलाई धन्यवाद पनि दिएका छन्।
उनका सहकर्मीहरूले भने यो निर्णयमा आश्चर्य व्यक्त गरेका छन्।








