काठमाण्डौ – भारत र पाकिस्तानबीचको युद्धविरामपछि, भोलिदेखि आईपीएल क्रिकेटका बाँकी खेलहरू शुरू हुँदैछन् ।
भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बीसीसीआई) ले सिजनका बाँकी खेलहरूको तालिका सार्वजनिक गरिसकेको छ । तर, केही विदेशी खेलाडीहरूले सिजनको बाँकी खेलका लागि उपलब्ध नहुने आफ्ना फ्रेन्चाइजीहरूलाई जानकारी गराएकाले बीसीसीआईले आईपीएलको बाँकी खेलका लागि टोलीहरूलाई अस्थायी रूपमा वैकल्पिक खेलाडीहरू थप्न अनुमति दिएको छ ।
यदि खेल बीचमा नरोकिएको भए आईपीएलको फाइनल यही मे २५ तारिखमा हुने भनिएको थियो तर अब जुन ३ मा फाइनल खेल हुने भएको छ ।