गृहपृष्ठ Featured बार्सिलोनाले जित्यो स्पेनिस लालिगाको उपाधि

बार्सिलोनाले जित्यो स्पेनिस लालिगाको उपाधि

प्रकाशित मिति:

बार्सिलोनाले अन्तिम २ खेल बाँकी हुँदै स्पेनिस लालिगा फुटबलको उपाधि जितेको छ।

बिहीबार राति भएको खेलमा लामिन यामालको उत्कृष्ट प्रदर्शनमा बार्सिलोनाले २८ औं ला लिगाको उपाधि जित्न सफल भयो।

 

१७ वर्षीय किशोर यामालले दोस्रो हाफमा उत्कृष्ट गोल र असिस्ट गर्दै टिमलाई उपाधि दिलाए। पहिलो हाफ गोलरहित बराबरी भएको खेलमा यामलले ५३ औं मिनेटमा आकर्षक गोल गर्दै टिमलाई अग्रता दिलाए। दोस्रो गोल इन्जुरी समयको पाँचौं मिनेटमा सम्भव भएको थियो। यामलको पासमा फर्मिन लोपेजले गोल गरेका थिए।

अन्तिम दुइ खेल बाँकी हुँदा बार्सिलोनाले ७ अङंकको अग्रता बनाएको छ। अब दुबै खेलमा पराजित भएपनि दोस्रो स्थानको रियल भन्दा १ अङ्कले अघि रहने पक्का छ। त्यसअघि पहिलो हाफमा एउटा गाडी समर्थकहरूतर्फ दौडाउँदा १३ जना घाइते भएको जनाइएको छ।

केही समय उक्त घटनापछि खेल रोकिएको भएपनि फेरि सुचारु भयो र ५३औं मिनेटमा यामालको गोलबाट बार्सिलोनाले अग्रता बनायो। सिजनमा यामलले १७ गोल पुरा गरे। खेलको अन्त्यतिर एस्पान्योलका डिफेन्डर लिआन्ड्रो काब्रेना यामालमाथि हातले प्रहार गरेपछि रातो कार्ड पाएका थिए।

कोपा डेल रे र स्पेनिस सुपर कप पहिल्यै जितिसकेको बार्साका लागि यो लिग उपाधिले प्रशिक्षक हान्सी फ्लिकको पहिलो सिजनमै सबै घरेलु उपाधि जित्ने गौरवपूर्ण सफलता दिलायो।

बार्साले जारी सिजनमा सबै ‘एल क्लासिको’ जित्दै दुबै कप फाइनलमा रियल मड्रिडलाई हराउन सफल भयो। प्रशिक्षक फ्लिकले जितपछि भने, ‘हामी सधैं सकारात्मक सोच्थ्यौं र प्रशिक्षणमा पनि त्यसको संकेत पाइन्थ्यो। बार्सामा उपाधि जित्नैपर्छ, र तीन उपाधि जित्नु साँच्चै अद्भुत हो।’

रोचक तथ्य के छ भने बार्साले २१औं शताब्दीमा आफ्नै मैदानभन्दा धेरै पटक उपाधि एस्पान्योलको मैदानमा जितेको छ। सन् २०२३ मा पनि बार्साले त्यही मैदानमा जितेको थियो। सन् २०१३ मा रियल मड्रिड त्यही मैदानमा बराबरीमा रोकिँदा पनि बार्साले उपाधि जितेको थियो। १९९० को दशकपछि बार्साले केवल दुई पटक मात्रै नाउ क्याम्पमै लिग जितेको छ।

बार्साले अब शुक्रबार शहरमा खुला बसमा विजय यात्रा गर्ने जनाइएको छ। उसले अब आइतबारको घरेलु मैदानमा भिल्लारियलविरुद्धको खेलपछि औपचारिक रुपमा उपाधि ग्रहण गर्नेछ।

सम्बन्धित् समाचार