गृहपृष्ठ Featured सिटीलाई हराउँदै क्रिस्टल प्यालेस एफए कपको च्याम्पियन

सिटीलाई हराउँदै क्रिस्टल प्यालेस एफए कपको च्याम्पियन

प्रकाशित मिति:

काठमाडौं ।

एबेरेची एजेको निर्णायक गोलप्रेरित क्रिस्टल प्यालेसले फाइनलमा म्यानचेस्टर सिटीविरुद्ध १–० को जित निकाल्दै एफए कपको उपाधि जितेको छ ।

शनिबार वेम्बलीमा सम्पन्न फाइनलमा एजेले पहिलो हाफमा गरेको एक मात्र गोल निर्णायक बन्यो । एजेले १६औँ मिनेटमा गोल गर्दै क्रिस्टल प्यालेसलाई अग्रतामा राखेका थिए ।

३६औँ मिनेटमा प्राप्त पेनाल्टीलाई सदुपयोग गर्न नसक्नु नै सिटीको हारको कारण बन्यो । सिटीका ओमार मार्मउसको प्रहारलाई क्रिस्टल प्यालेसका गोलकिपर डिन हेन्डरसनले विफल बनाएका थिए ।

यो नतिजासँगै एफए कपको साविक उपविजेता समेत रहेको म्याचेस्टर सिटी यो सिजन उपाधिविहीन बन्ने निश्चित भएको छ । सन् २०१६ मा सिटीको प्रशिक्षण जिम्मेवारी सम्हालेयता सिटीले कुनै पनि उपाधि नजितेको यो पहिलो सिजन हो ।

सम्बन्धित् समाचार