गृहपृष्ठ Featured ‘प्लेअफ’ मा पहिलो पटक भिड्दै बैंगलोर र पञ्जाब

‘प्लेअफ’ मा पहिलो पटक भिड्दै बैंगलोर र पञ्जाब

इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटको क्वालिफायर-१ मा आज पञ्जाब किंग्स र रोयल च्यालेन्जर्स बैंगलोरबिच प्रतिस्पर्धा हुँदैछ। मुल्लांपुरस्थित महाराजा यादवेन्द्र इन्टरनेशनल स्टेडियममा नेपाली समय अनुसार खेल ७:४५ मा सुरु हुनेछ।

यो खेलमा जित निकाल्ने टिमले फाइनलमा स्थान बनाउँदा पराजित टिमले मुम्बइ र गुजरात बिचको विजेतासँग दोस्रो क्वालिफायरको मौका पाउनेछ।

यी दुइ टिमबीच ‘प्लेअफ’ चरणमा पहिलो पटक भेट हुन लाग्दा यो सिजनमा भने तेस्रो पटक प्रतिस्पर्धा हुन लागेको हो। यसअघि भएका दुइ खेलमा दुबै टिमले समान १-१ जित निकालेका थिए।

आरसीबी र पञ्जाबबिच अहिले सम्म आइपिएल इतिहासमा ३५ खेल भएका छन्। जसमा पञ्जाबले १८ खेलमा जित निकाल्दा आरसीबीले १७ खेल जितेको छ। मुल्लांपुरको यो मैदानमा भने यी दुई टिमबीच दोस्रो पटक प्रतिस्पर्धा हुन लागेको हो। पछिल्लो खेलमा बैंगलोरले ७ विकेटको जित निकालेको थियो।

कस्तो छ पिचको अवस्था?

मुल्लांपुरको महाराजा यादवेन्द्र सिंह अन्तर्राष्ट्रिय मैदानको पिचलाई ब्याटिङ फ्रेन्डली पिच मानिन्छ। यो मैदानमा हाइस्कोरिङ खेल हुन सक्छ। यहाँ अहिले सम्म आइपिएलका ९ खेल खेलिएको छ। जसमा ५ खेलमा पहिले इनिङमा ब्याटिङ गर्ने टिमले जित निकाल्दा ४ खेलमा चेज गर्ने टिमले जित निकालेको छ। यहाँको हाइस्कोरका रुपमा २१९/६ रहेको छ।

मौसम कस्तो रहला?

बिहीबार मुल्लांपुरको मौसम निकै गर्मी रहनेछ। अत्याधिक घाम लाग्ने मौसम विज्ञान विभागले जनाएको छ। वर्षाको सम्भावना नरहेको जनाइएको छ। तापक्रम २४ देखि ३९ डिग्री सेल्सियससम्म रहनेछ। हावाको रफ्तार १७ किलोमिटर प्रतिघन्टा रहनेछ।

सम्बन्धित् समाचार