गृहपृष्ठ Featured आज स्कटल्यान्डसँग भिड्दै नेपाल

आज स्कटल्यान्डसँग भिड्दै नेपाल

प्रकाशित मिति:

विश्वकप लिग-२ अन्तर्गत आफ्नो चौंथो चरणमा प्रतिस्पर्धा गरीरहेको नेपालले आज घरेलु टोली स्कटल्यान्डको सामना गर्दैछ। जारी सिरिजमा आफ्ना सुरुवाती दुई खेलमा लगातार २ जितसहित आत्माविश्वासी देखिएको नेपाललगातार तेस्रो जितको प्रयासमा मैदान उत्रिँदै छ।

स्कटल्याण्डको डन्डीस्थित फोर्थहिल क्रिकेट मैदानमा दिउँसो ३:४५ बजे सुरु हुने खेलमा आफ्नो बलियो लय कायम राख्ने प्रयासमा नेपाली टोली हुने छ। यसअघि जारी ऋंखलाको पहिलो खेलमा स्कटल्यान्डलाइ १ विकेटको रोमाञ्चक जित निकाल्दै विजयी सुरुवात गर्दा दोस्रो खेलमा नेदरल्यान्ड्सलाई हराएको थियो।

पहिलो खेलमा स्कटल्यान्डले दिएको २ सय ९७ रनको लक्ष्य नेपालले ५० ओभरमा अन्तिम बल बाँकी हुँदा पुरा गर्यो। अन्तिम बलमा स्कटिस बलरले बल वाइड फाल्दा नेपाल विजयी बनेको थियो।

स्कटल्याण्डसँग असम्भव जस्तै मानिएको खेलमा नेपालले सनसनीपूर्ण पुनरागमन गरेको थियो। उक्त खेलमा करण केसी सुझवुझपूर्ण ब्याटिङ गर्दै एकदिवसीय अन्तर्राष्ट्रियमा आफ्नो पहिलो अर्धशतक समेत बनाएका थिए। त्यसपछि भएको दोस्रो खेलमा भने नेदरल्यान्ड्स माथि नेपालले सहज जित हासिल गरेको थियो।

सिरिजमा नेपाल र स्कटल्याण्डले दुवैको‌ यो तेस्रो खेल हो। स्कटल्याण्ड लगातार दोस्रो जितको लक्ष्यमा छ। स्कटल्याण्डले शुक्रवार नेदरल्याण्ड्सलाई पराजित गरेकाले नेपाल विरुद्धको जित्ने अवस्थाको खेल गुमाएको पिडा भुलाउने उसको प्रयास रहने छ।

जारी सिरिजको अन्तिम खेलमा नेपालले मंगलबार नेदरल्यान्ड्सको सामना गर्नेछ। ८ टोली सहभागी लिग-२ मा स्कटल्याण्ड १८ खेलमा २२ अंकका साथ चौँथो स्थानमा छ। नेपाल १४ खेलमा १० अंकका साथ सातौं स्थानमा छ।

सन् २०२७ सम्म चल्ने लिगमा अन्तिममा शीर्ष ४ मा रहने टोलीले विश्वकपको ग्लोबल छनोटमा सिधै स्थान बनाउँदा पुछारमा रहने ४ टोलीले भने विश्वकप छनोट प्लेअफ खेल्नुपर्ने छ। लिग टु’को खेल पछि असार १ अर्थात १५ जुन बाट नेपाल, स्कटल्याण्ड र नेदरल्याण्ड्सबीचमा त्रिकोणात्मक टी-२० सिरिज हुने कार्यतालिका रहेको छ।

नेपाली टोली:
रोहित पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी (उपकप्तान), आसिफ शेख, अनिलकुमार शाह, कुशल भुर्तेल, भीम सार्की, आरिफ शेख, गुलशन झा, बसीर अहमद, सन्दीप लामिछाने, सोमपाल कामी, करण केसी, नन्दन यादव, रिजन ढकाल र ललित राजवंशी

सम्बन्धित् समाचार