गृहपृष्ठ Featured लेबनानमाथि भुटानको ऐतिहासिक जित

लेबनानमाथि भुटानको ऐतिहासिक जित

काठमाडौं ।

एएफसी महिला एसियाली कप छनोटमा भुटानले लेबनानमाथि ऐतिहासिक जित निकालेको छ ।

फिफा वरियताको १७१औँ स्थानमा रहेको भुटानले १३०औँ वरियतामा रहेको लेबनानलाई पराजित गरेको हो ।

छनोटको समूह ‘ए’ अन्तर्गतको खेलमा लेबनान भुटानसँग २-१ ले पराजित भएको हो । यसअघि पहिलो खेलमा पनि भुटानले प्रभावशाली जित निकालेको थियो ।

भुटानले १३९औँ वरियतामा रहेको सिंगापुरलाई ३-२ गोलले पराजित गरेको थियो । भुटान २ खेलबाट ६ अंक जोड्दै शीर्ष स्थानमा छ ।

भुटानले अब जोर्डन र इरानसँग खेल्न बाकी छ । समूहको शीर्ष स्थानमा रहने टोली अर्को वर्ष अष्ट्रेलियामा हुने एसिया कपमा छनोट हुनेछ ।

सम्बन्धित् समाचार