गृहपृष्ठ Featured नेपाली भलिबलमा पहिलोपटक अक्सन हुँदै

नेपाली भलिबलमा पहिलोपटक अक्सन हुँदै

नेपाली भलिबलको इतिहासमा पहिलोपटक भलिबलको प्लेयर अक्सन महिला भलिबलमा सुरु हुने भएको छ ।

वात्सल्य एभरेस्ट महिला भलिबल लिग (इडब्लुभिएल) अन्तर्गतको यो ऐतिहासिक कार्यक्रम आगामी २ साउनमा  काठमाडौंमा आयोजना हुनेछ ।

६ वटा फ्रेन्चाइज टोलीहरूको सहभागितासहित यो प्रक्रिया नेपाली महिला भलिबलको व्यावसायिक यात्रामा एक युगान्तकारी मोड सावित हुने अपेक्षा गरिएको छ ।

प्रत्यक्ष बोलकबोल प्रणाली अन्तर्गत, टोलीहरूले राष्ट्रिय स्टार खेलाडीहरू, नवप्रतिभा र उदाउँदा खेलाडीहरू बीचबाट आफ्नो टिम बनाउने अवसर पाउनेछन् ।

सम्बन्धित् समाचार