वैखरी अनलाइन, रुपन्देही ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीको टोलीले भारततर्फ अवैध रुपमा लैजाँदै गरिएको अवस्थामा ठूलो संख्यामा विभिन्न प्रकारका मूर्तिहरू नियन्त्रणमा लिएको छ।
प्रहरी चौकी मर्चवारी रुपन्देहीबाट खटिएको प्रहरी टोलीले साउन १३ गते बिहान ५ः०० बजे सिद्धार्थनगर नगरपालिका वडा नं. ११, भुजौलीस्थित अरवातार नेपालतर्फ अवैध रुपमा ल्याइएको अवस्थामा रहेको १९८ वटा कृष्ण भगवानको मूर्ति र ५९ वटा विष्णु भगवानको मूर्ति गरी जम्मा २५७ वटा मूर्तिहरू फेला पारेको हो।
उक्त मूर्तिहरूको अनुमानित मूल्य रु.१,०४,६५० रहेको जनाइएको छ। बरामद गरिएका मूर्तिहरू आवश्यक कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय, बेलहिया, रुपन्देहीमा बुझाइएको छ।
जिल्ला प्रहरी कार्यालयका अनुसार, मूर्तिहरूको स्रोत र तस्करीमा संलग्न व्यक्तिहरूको पहिचान तथा थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको छ।








