काठमाडौँ ।
वर्ल्ड च्याम्पियनसिप अफ लिजेन्ड्स ९२०२५०को फाइनलमा पाकिस्तानलाई ९ विकेटले हराउँदै दक्षिण अफ्रिकाले उपाधि जितेको छ ।
दक्षिण अफ्रिकाका एबी डिभिलियर्सले अविजित १२० रन बनाउँदै उपाधि दिलाए । खेलमा जितका लागि दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा १९६ रनको लक्ष्य पाएको थियो ।
जसलाई दक्षिण अफ्रिकाले मात्र १६ दशमलव ५ ओभरमै एक विकेट गुमाउँदै लक्ष्य पूरा गर्यो र उपाधि जित्यो । यससँगै पाकिस्तान लगातार दोस्रोपटक उपाधि जित्नबाट चुक्यो ।
पहिला ब्याटिङ गरेको पाकिस्तानका लागि ओपनर शरजील खानले ७६ रनको पारी खेले । अन्य कुनै पनि खेलाडीले ५० रनको अंक पार गर्न सकेनन् ।
दक्षिण अफ्रिकाका लागि हार्डस भिज्लोन र भेन पर्नेलले २र२ विकेट लिए । यस्तै इमारान ताहिरले एक विकेट लिए ।
ज्यउभ क्ष्ख्ँ
क्गलचष्कभ दबलप
लक्ष्य पछ्याउने क्रममा दक्षिण अफ्रिकाका तर्फबाट एबी डिभिलियर्स र हाशिम अमलाले मात्र ५ दशमलव २ ओभरमा नै ७२ रनको आक्रामक साझेदारी गरे । १४ बलमा १८ रन बनाएका आशिम सईद अजमलको शिकार बने ।
अमला आउट भएपछि तेस्रो नम्बरमा आएका जेपी डुमिनीले एबी डिभिलियर्सको साथमा पाकिस्तान च्याम्पियन्सका कुनै पनि खेलाडीलाई विकेट निकाल्न दिएनन् । दुवै जना मिलेर मात्र १६ दशमलव ५ ओभरमा लक्ष्य भेट्टाउँदै जित दिलाएर । कप्तान डिभिलियर्सले मात्र ४७ बलमा शतक पूरा गरे ।
उनले ६० बल खेल्दै अविजित १२० रन बनाए । आफ्नो पारीमा उनले १२ चौका र ७ छक्का प्रहार गरे । यस्तै जेपीले २८ बलमा अविजित ५० रन बनाए । उनले अर्धशतक बनाउने क्रममा चार चौका र २ छक्का प्रहार गरे ।








