गृहपृष्ठ Featured यस्तो छ अस्ट्रेलिया भ्रमण गर्ने नेपाली क्रिकेट टोली

यस्तो छ अस्ट्रेलिया भ्रमण गर्ने नेपाली क्रिकेट टोली

काठमाडौँ ।

आगामी १४ देखि २४ अगस्टसम्म अस्ट्रेलियमा हुने टप एन्ड टी-२० सिरिजको लागि नेपालले आफ्नो १६ सदस्यीय टिमको घोषणा गरेको छ।

नेपालले यस वर्षको अक्टोबरमा ओमानमा हुने आइसिसी पुरुष टी-२० विश्वकपको एसिया तथा पूर्वी एसिया-प्रशान्त क्षेत्रको संयुक्त छनोट प्रतियोगिताको तयारीका लागि अस्ट्रेलिया भ्रमण गर्न लागेको हो।

अस्ट्रेलियाको डार्बिनमा हुने प्रतियोगितामा नेपालले पहिलो खेल अगस्ट १५ मा नर्दर्न टेरिटोरी स्ट्राइकरसँग खेल्नेछ। त्यसपछि नेपालले बंगलादेश ‘ए’ १६ अगस्टमा, मेलबर्न स्टार्स १८ अगस्टमा, होबर्ट हुरिकेन्स १९ अगस्टमा, २० मा मेलबर्नसँग २० अगस्ट र पाकिस्तान साहिन्सासँग २२ अगस्टमा खेल्नेछ ।

नेपालले अस्ट्रेलियामा सिरिज खेलेपछि सेप्टेम्बरमा युएईमा वेस्ट इन्डिजसँग तीन खेलको टी-२० सिरिज खेल्ने कार्यतालिका रहेको छ। त्यसपछि नेपाली टोली विश्वकप छनोट खेल्न ओमान जानेछ।

अस्ट्रेलिया जाने नेपाली टोली:
रोहित पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी (उप-कप्तान), सन्दीप लामिछाने, कुशल भुर्तेल, आसिफ सेख, कुशल मल्ल, गुलशन झा, आरिफ सेख, भीम सार्की, रुपेस कुमार सिंह, सोमपाल कामी, नन्दन कुमार यादव, करण के सी, रिजन ढकाल, लोकेस बम, ललित नारायण राजवंशी

सम्बन्धित् समाचार