गृहपृष्ठ खबर कक्षा-१२ को नतिजामा हेमराज मावि सामुदायिक बिद्यालय तर्फ कपिलवस्तुमै प्रथम !

कक्षा-१२ को नतिजामा हेमराज मावि सामुदायिक बिद्यालय तर्फ कपिलवस्तुमै प्रथम !

वैखरी अनलाईन, बाणगंगा ।

हिजो सोमबार राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको कक्षा १२ को नतिजामा बाणगंगा नगरपालिका–११ मा अवस्थित हेमराज माध्यमिक विद्यालयले सामुदायिक विद्यालयतर्फ कपिलवस्तु जिल्लामै उत्कृष्ट नतिजा ल्याउँदै पहिलो भएको दाबी गरेको छ ।

 

विद्यालयका प्रधानाध्यापक विकास श्रेष्ठका अनुसार विद्यालयकी छात्रा पुनम चौधरीले ३.८५ जिपिए (GPA) ल्याएर जिल्लामै प्रथम स्थान हासिल गरेकी छन्। त्यस्तै अर्का विद्यार्थी अर्जुन लम्सालले ३.८२ जिपिए प्राप्त गरेका छन्।

श्रेष्ठका अनुसार कुल ६४ जना विद्यार्थी परीक्षामा सहभागी भएका थिए। जसमध्ये ३६ जना उत्तीर्ण भएका छन्। उत्तीर्ण हुनेको प्रतिशत ५६.२५ रहेको छ।

नतिजाअनुसार २ जनाले ए प्लस (A+), ४ जनाले ए (A), ७ जनाले बी प्लस (B+), १६ जनाले बी (B) र ७ जनाले सी प्लस (C+)  ल्याएका छन्।

विद्यालयले सार्वजनिक गरेको नतिजा र प्राप्त उपलब्धिका आधारमा हेमराज माविले जिल्लामै उत्कृष्ट सामुदायिक विद्यालयको पहिचान बनाएको दाबी गरेको छ।

सम्बन्धित् समाचार