गृहपृष्ठ अन्तरास्ट्रिय खबर प्रिमियर लिगमा म्यानचेस्टर सिटीको विजयी सुरूवात

प्रिमियर लिगमा म्यानचेस्टर सिटीको विजयी सुरूवात

इङ्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीले विजयी सुरूवात गरेको छ।

गएराति  वुल्भ्सलाई ४-० गोलले पराजित गर्दै सिटीले जारी सिजनमा विजयी सुरूवात गरेको हो।

मोलिन्युक्स स्टेडियममा एर्लिङ हालान्डले दुई गोल गरे। तिज्जानी रेइजन्डर्स र रायन चेर्कीले एक/एक गोल गरे।

खेलको ३४ मिनेटमा हालान्डले गोल गरे। त्यसको तीन मिनेटमै रेइजन्डर्सले अग्रता दोब्बर पारे।

दोस्रो हाफको ६१ मिनेटमा हालान्डले पुनः गोल गरे। ८१ मिनेटमा चेर्कीको गोल निर्णायक बन्दा सिटी ४-० ले विजयी भएको हो।

गएराति नै भएको खेलमा ब्राइटन र फुलहमले १-१ गोलको बराबरी खेले। वेस्ट ह्यामलाई सन्डरल्याण्डले ३-० गोलले हरायो।

त्यस्तै टोटनहमले बर्नलीलाई ३-० गोलले पराजित गर्दा एस्टन भिल्ला र न्यूकासलले गोलरहित बराबरी खेले।

सम्बन्धित् समाचार