गृहपृष्ठ Featured मेलबर्नले नेपाललाई दियो १७५ रनको लक्ष्य

मेलबर्नले नेपाललाई दियो १७५ रनको लक्ष्य

टप इन्ट टी– २० सिरिजअन्तर्गतको खेलमा मेलबर्न स्टार्सले नेपाललाई १७५ रनको लक्ष्य दिएको छ ।अस्ट्रेलियाको डार्बिनमा टस जितेर पहिला ब्याटिङ गरेको मेलबर्नले नेपाललाई १७५ रनको लक्ष्य दिएको हो ।

मेलबर्नले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १७४ रन बनायो । मेलबर्नका थोमस रोजर्सले ६५ र ब्लेक म्याकडोनाल्डले ७४ रनको अर्धशतकीय पारी खेले ।

नेपालका सन्दीप लामिछानले ३ र सोमपाल कामीले २ विकेट लिए । त्यस्तै शहबाज आलमले १ विकेट लिए ।

जारी सिरिजमा नेपालको यो तेस्रो खेल हो । अघिल्ला दुई खेलमा नेपाल पराजित भएको छ ।

सम्बन्धित् समाचार