वैखरी अनलाईन, बाणगंगा ।
कपिलवस्तुको बाणगंगामा खेलकुदलाई प्रोत्साहन गर्ने उद्देश्यसहित संचालन भएको “बाणगंगा कप २०८२” क्रिकेट प्रतियोगिताको फाईनल खेल भोलि सोमबार हुने भएको छ । जेनजी आन्दोलन र बर्षाका कारण स्थगित भएको फाईनल खेल भोलि दिउँसो २ बजे हुन लागेको खेल संयोजक विक्रम घिमिरेले जानकारी दिनुभयो ।
उहाँका अनुसार फाईनल खेलमा आयोजक ९० ’स वारियर्स क्रिक्रेट क्लव र थापा ब्राण्ड क्रिक्रेट क्लव भिड्ने छन् ।
बाणगंगा नगरपालिका–४, जितपुरस्थित बुद्ध रंगशालामा हुने यस फाईनल खेल निकै प्रतिस्पर्धात्मक र रोमाञ्चक हुने खेल संयोजक घिमिरेको विश्वास छ ।
प्रतियोगिताको उपाधि विजेताले नगद ५१ हजार १११ रुपैयाँ र उपविजेताले ३१ हजार १११ रुपैयाँ पुरस्कार पाउनेछन् । सम्पूर्ण खेलप्रेमीलाई उपस्थित भई फाईनल खेलको मज्जा लिन आयोजकले सार्वजनिक अपिल समेत गरेको छ ।
९० ’स वारियर्स क्रिक्रेट क्लवको आयोजनामा भएको यस प्रतियोगितामा बाणगंगा स्पोट्र्स क्लबले सहयोगी भूमिका निर्वाह गरेको जनाईएको छ ।








