वैखरी अनलाईन, बुद्धभूमि ।
कपिलवस्तुको बुद्धभूमि नगरपालिका–४, डाबरामा संचालन भएको तेस्रो डाबरा कप फुटबल प्रतियोगिताको उपाधि बुद्धभूमि नगरपालिका २ गोरुसिंगेमा रहेको पारिजात पब्लिक स्कुलले हात पारेको छ ।

सोमबार भएको फाईनल खेलमा नमुना ज्योति युवा क्लबलाई ६-० गोलले पराजित गर्दै पारिजातले उपाधि हात पारेको हो ।
क्लवका अध्यक्ष कमल काफ्लेका अनुसार उपाधि हात पारेसंगै पारिजातले ८१ हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाण पत्र प्राप्त गरेको छ भने उपविजेता बनेको नमुना ज्योतिले ५१ हजार रुपैयाँमा चित्त बुझाएको छ ।
डबरा युवा क्लवको आयोजनामा गत भदौं २१ गतेदेखि सुरु भएको यस प्रतियोगितामा १६ वटा टिमको सहभागिता रहेको थियो ।








