दाङ– २४ भदौमा भएको जेन-जी आन्दोलनको क्रममा दाङ तुलसीपुर कारागारबाट भागेकामध्ये ६ जना कैदीबन्दी पक्राउ परेका छन्।
पक्राउ परेका कैदीहरूमा दाङ राप्ती गाउँपालिका–८ पिपरीका १५ वर्ष कैद सजाय भुक्तान गर्दै आएका कर्तव्य ज्यान मुद्दाका बुद्धिराम चौधरी भन्ने बुधराम चौधरी, घोराही उपमहानगरपालिका–१३ मौलाका जबरजस्ती करणी मुद्दाका ७ वर्ष कैद सजाय भोग्दै आएका नारायण घर्तीमगर, गढवा गाउँपालिका–१ का १८ वर्ष कैद सजाय भएका सुनिल नेपाली रहेका छन्।