गृहपृष्ठ Featured ‘फौजदारी कसूरमा संलग्नलाई कारबाही गर्न आयोगको प्रतिवेदन कुर्न पर्दैन’

‘फौजदारी कसूरमा संलग्नलाई कारबाही गर्न आयोगको प्रतिवेदन कुर्न पर्दैन’

काठमाण्डाै – गएकाे भदौ २३ र २४ गतेको घटनासम्बन्धी जाँचबुझ आयोग २०८२ ले फौजदारी कसूरमा संलग्नलाई नेपाल सरकारका संयन्त्रहरूबाट तत्काल अनुसन्धान र कारबाही गर्न प्रतिवेदन कुर्न नपर्ने जनाएको छ ।

आयोगका सदस्य विज्ञानराज शर्माले निकाल्नुभएको विज्ञप्तिमा आयोगबाट कार्यादेशबमोजिम रायसहितका प्रतिवेदन प्राप्त भएपछि नेपाल सरकारले कानून बमोजिम गर्ने भन्ने गृह मन्त्रालयबाट यही असोज ९ गते जारी विज्ञप्तिप्रति आयोगको ध्यानाकर्षण भएको उल्लेख छ ।

आयोगलाई भौतिक एवम् मानवीय क्षतिसँग सम्बन्धित सूचना वा निवेदन ग्रहण गरी विश्लेषण गर्ने र कारबाहीका सम्बन्धमा आवश्यक राय दिने कार्यादेश रहेको विज्ञप्तिमार्फत स्मरण गराइएको छ ।

‘जेनजी’ प्रदर्शनका क्रममा काठमाण्डौलगायत देशका विभिन्न भागमा भएका भौतिक एवम् मानवीय क्षतिको यथार्थ छानबिन गरी प्रतिवेदन पेश गर्न आयोग गठन भएको थियो । आयोगले यही असोज ९ गतेदेखि काम शुरू गरिसकेको छ ।

 

 

सम्बन्धित् समाचार