गृहपृष्ठ Featured मुख्यमन्त्रीको सरकारी निवासमा आगजनी गर्ने रुपन्देहीका एक युवक पक्राउ

मुख्यमन्त्रीको सरकारी निवासमा आगजनी गर्ने रुपन्देहीका एक युवक पक्राउ

पोखराको सहिदचोकस्थित गण्डकी प्रदेशका मुख्यमन्त्रीको सरकारी निवासमा आगजनी गर्ने युवक पक्राउ परेका छन् ।

 

रुपन्देहीको तिलोत्तमा नगरपालिका–४ घर भई पोखराको राष्ट्रबैंक चोक बस्ने २२ वर्षीय संजोक थापा पक्राउ परेका हुन् । भदौ २४ मा प्रदर्शनकारीको समूहले निवासमा आगजनी गरेको थियो । असोज १२ गते राति उनी एक्लै मुख्यमन्त्री निवास पुगेका थिए ।

भदौ २४ मा आगजनीबाट बचेका सामान राखिएको कोठामा उनले आगजनी गरे । यसपछि जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय बैदामको टोलीले दुई दिनअघि उनलाई पक्राउ गरेको हो ।

घटनाको दिन थापाले मापसे गरेका थिए । उनी मुख्यमन्त्री निवासपछाडि रहेको सहिद पार्कको रुख चढेपछि पर्खाल नाघेरभित्र पसेका थिए । उनले त्यहाँ आगजनी गरे । त्यसपछि उनले राष्ट्र बैंकचोकमा रहेको नेपाल इन्भेष्टमेन्ट मेघा बैंकको एटीएममा तोडफोड गरेको पाइएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी डीएसपी हरिबहादुर बस्नेतले बताए ।

थापाले एटीएम मेसिनको स्क्रिनमा समेत ढुंगा प्रहार गरेका थिए ।

सम्बन्धित् समाचार